×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषद्धारा सिएसआर अन्तर्गत विभिन्न संस्थालाई ७ लाख ५० हजार प्रदान

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नागरिक लगानी कोषद्धारा सिएसआर अन्तर्गत विभिन्न संस्थालाई ७ लाख ५० हजार प्रदान

Artha Sarokar

२६ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नागरिक लगानी कोषले ३३औँ वार्षिकोउत्स्वको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

बिहिबार एक कार्यक्रमकाबीच कोषका कार्यकारी निर्देशक रमण नेपालले ति संस्थाहरुलाई चेक हस्तान्तरण गरेका हुन् । कोषले शसस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुद लगायतका सामग्री सारिद गर्न १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

साथै, स्वास्थ्य क्षेत्र तर्फ अशक्त, अपांङ भएका मस्कुलर डिस्ट्रोफीका विरामीहरुको पुर्नस्थापनको लागि फिजियोथेरापी, एम्बुलेन्स र एकिकृत स्वस्थ्य शिविर संचालनमा सहयोग पुर्याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउण्डेशन-नेपाल,शंखरापुर काठमाडौंलाई २ लाख रुपैँयाको चेक हस्तान्तरण गरेको थियो ।

त्यसैगरी, कोषले उपत्यका बाहिर फरक क्षमता भएका बालबालिकाहरुलाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपांङता भएका व्यक्तिहरुको लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुद सम्बन्धी कार्यको लागि २ लाख रुपैँयाको चेक प्रदान गरेको हो । यो भन्दा अघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराईरहेको पदमपुर आधारभुत बिद्यालय ढेढौली, चितवनलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोषले विगत देखी नै सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आइरहेको र आगमी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी