काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ खड्क भद्रकाली बस्ने ५० वर्षीय पुरन बहादुर घले पक्राउ परेका हुन् ।
उच्च अदालत पाटन, ललितपुरको मिति २०७९/०९/२४ गतेको फैसला अनुसार ८ दिन कैद, ३६ लाख ८८ हजार जरिवाना र १ लाख ४७ हजार ५ सय २० रुपैयाँ क्षतिपुर्ति भराउने फैसला भएसँगै उनी फरार रहेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले घलेलाई चैत १ गते बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।
पक्राउ परेका घलेलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्