काठमाडौं । ‘वानएक्स बेट’ मार्फत ४१ करोडभन्दा बढीको सट्टेबाजी गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
विभिन्न ३५ जनाको नाममा खोलिएको डिजिटल वालेटमा कुल ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको बेटिङ कारोबार गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई चैत ६ गते लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायतका स्थानबाट पक्राउ गरेको हो ।
जिल्ला जुम्ला चन्दन नाथ नगरपालिका वडा नं.६ खलङ्गा घर भई हाल जिल्ला भक्तपुर लोकनथली बस्ने २३ वर्षीय दिलिप सिंह कठायत, जिल्ला जुम्ला चन्दन नाथ नगरपालिका १० गैरीगाँउ घर भई हाल जिल्ला भक्तपुर लोकनथली बस्ने २३ वर्षीय भुपाल राज न्यौपाने, जुम्ला तलिवाडा घर भई हाल भक्तपुर गठाघर बस्ने १९ वर्षीय नयन राज भण्डारी, जिल्ला सर्लाही बलरा नगरपालिका वडा नं. ५ घर भई हाल काठमाडौं महानगरपालिका वडा न.३२ बस्ने २८ वर्षीय वरुण कुमार सिंह, काठमाडौं महानगरपालिका वडा न.३२ बस्ने ३२ वर्षीय वासुदेव पाण्डे र जिल्ला काभ्रेपलाञ्चोक मादनकुडारी गाउँ पालिका वडा नं. १ घर भई हाल बालुवाटार बस्ने २६ वर्षीय शिवानी तामाङ पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट विभिन्न सेवा प्रदायक कम्पनीहरुको ३४६ थान सिमकार्ड, १० थान मोबाइल, विभिन्न बैंकको ३ थान चेक बुक, १२ थान एटिएम र १ थान कम्पनीको ल्यापटप बरामद गरिएको छ ।
पक्राउ पर्ने गिरोहलाई मुलुकी अपराध सहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्