Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ सरोकार

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । गोर्खा जिल्ला भीमसेनथापा गाउँपालिका वडा नं. ०७ स्थाई बतन भई हाल काठमाडौंको सामाखुसी बस्ने २७ वर्षीय प्रकाश भट्ट पक्राउ परेका हुन् ।

उच्च अदालत पाटन, ललितपुरको मिति २०७९/०२/१० गतेको फैसला अनुसार ३ दिन कैद र ४ लाख १८ हजार जरिवाना सजाय तोकिए पश्चात उनी फरार रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भट्टलाई चैत १५ गते रामशाहपथबाट पक्राउ गरेको हो ।

पक्राउ परेका भट्टलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK