Skip to content
LAXMI SUNRISE BANK

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुँदैनः उपसभापति गुरुङ

अर्थ सरोकार

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले रेमिट्यान्सको पैसाले माला लगाएर देशको विकास नहुने बताएका छन् । ललितपुरमा आयोजित नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको नवौँ जिलला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उपसभापति गुरुङले रेमिट्यान्सको पैसाले गला भरी माला लगाउने नेता रहुन्जेल देश विकासको कल्पना गर्न नसकिने टिप्पणी गरेका छन् ।

‘जवान युवाहरूलाई खाडीतिर पठाउने र उनीहरुले नै पठाएको रेमिटेन्सबाट माला आयात गरेर गलाभरी लगाउने नेताहरू भएसम्म देश बन्दैन ।’, गुरुङले भने, ‘मुलुकको विकासका लागि यो परिपाटीको अन्त्य हुनुपर्छ । युवाहरु विदेशिन रोकिनुपर्छ र रेमिट्यान्सकै भरमा देश धान्छु भन्ने मनसाय बदल्नुपर्छ ।’

त्यस्तै, उनले मुलुक चलाउन सबैभन्दा पहिला मुलुकको प्रधानमन्त्री सुध्रिनुपर्ने बताएका छन् । प्रधानाध्यापक बिग्रिँदा विद्यालय बिग्रिने उदाहरण दिँदै उनले मुलुकको समृद्धिका लागि पहिलो परिर्वतन प्रधानमन्त्री र त्यसपछि मन्त्रीहरू सच्चिनुपर्ने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK