काठमाडौं । व्यवसायी एवम् दुर्गा प्रसाईंले उत्तरी नाकामा समस्या हुँदा व्यवसायीले दुःख पाएको बताएका छन् । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा गरेको बृहत प्रदर्शनमा बोल्दै अभियान्त प्रसाईंले यस्तो बताएका हुन् ।
बैंक तथा वित्तीय संस्थाका कारण नागरिकहरुले दैनिक रुपमा देहत्याग गनुपर्ने अवस्थामा चीनतर्फको नाकामा व्यापार सहज नहुँदा थप चुनौती थपिएको प्रसाईंले बताएका छन् । ‘आउनुपर्ने ठाउँबाट सामान आउँदैन, व्यापार गर्न सहज अवस्था छैन, उत्तरी नाकामा चिनिया एजेन्टहरुको सास्तीका कारण व्यवसायीहरुले दुःख पाईरहेका छन् ।’, उनले भने, ‘उत्तरी नाकाको समस्या समाधान गर्न राज्य कहिल्यै पनि गम्भीर भएन । यसले थप समस्या उत्पन्न गराएको छ ।’
त्यस्तै, प्रसाईंले चिनियाँ नाकामा महिनौँसम्म व्यवसायीका सामान रोकिँदा पनि थप समस्या उत्पन्न भएको बताएका छन् । ‘उत्तरी नाकामा जाडोमा मगाएको सामान गर्मीलागेपछि मात्रै नेपाल आईपुग्छन् । ६-६ महिनासम्म सामानहरु नाकामै रोकिन्छन् ।’, प्रसाईंले भने– ‘यही कारणले हो व्यवसायीको व्यहार बिग्रिने र व्यवहार बिग्रिँदा व्यसायीले आत्महत्या गर्ने । अब यो अवस्थाको अन्त्य गर्नुपर्छ ।’
देशभित्र बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीहरुलाई मर्न बाध्य बनाएको र नाकामा विविध कारणले व्यवसायीलाई दुःख दिने र लुट्ने प्रवृत्ति बढ्दा पनि राज्य गम्भीर नभएको आरोप लगाएका छन् ।
त्यस्तै, उनले कार्यक्रममा बोल्दै प्रसाईंले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने र ५ प्रतिशत ब्याजमा ऋण पाउनु पर्ने लगायतका माग राखेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्