×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिन्डेनबर्गको रिपोर्टपछि विवादमा अडानी, अनुसन्धानका लागी भारतीय सर्वोच्च अदालतद्वारा छानबिन समिति गठन

PRIME CA
GLOBAL IME BANK

हिन्डेनबर्गको रिपोर्टपछि विवादमा अडानी, अनुसन्धानका लागी भारतीय सर्वोच्च अदालतद्वारा छानबिन समिति गठन

१८ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतीय अर्बपति गौतम अडानीमाथि छानबिन गर्न ६ सदस्यीय समिति गठन भएको छ । भारतको सर्वोच्च अदालतले हिन्डेनबर्ग रिसर्चले अडानी ग्रुपको बारेमा रिपोर्ट सार्वजनिक गरेपछि विवादमा तानिएका गौतम अडानीमाथि अनुसन्धान गर्न छानबिन समिति गठन गरेको हो ।

भारतीय सर्वोच्च अदालतले पूर्वन्याधिश एएम सप्रेको नृेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको हो । योसँगै सर्वोच्चले सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इण्डिया (भारतीको सेयर बजार नियामक, सेबी)लाई समेत अडानीसँग सम्बन्धित रिपोर्ट पेश गर्न आदेश दिएको छ ।

हिन्डेनवर्ग रिसर्चले सार्वजनिक गरेको रिपोर्टमा अडानीमाथि लगाइएका आरोप, अडानीको सेयरको स्थायित्व र व्यापारिक साम्राज्यको विस्तारजस्ता विषयमा आधारित रहेर छानबिन गरी दुई महिनाभित्र अनुसन्धान रिपोर्ट पेश गर्न समेत भारतीय सर्वोच्च अदालतले निर्देशन दिएको हो ।

योसँगै भारतीय सर्वोच्च अदालतले अडानी ग्रुपको सेयर मुल्यमा हेरफेर गरिएको छ वा छैन भन्ने बारेमा पनि छानबिन गर्न निर्देशन दिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: