काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८७ हजार १ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।