काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८८ हजार ७ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।