काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १२ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९३ हजार ४ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।