काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान बिना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्न छाडेको छ,’ नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघको साधारणसभामा बोल्दै वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकालले भने, ‘जबसम्म सरकारले निजी क्षेत्रलाई साझेदारको रुपमा हेरेर सहकार्य गर्दैन तबसम्म देशमा हामीले सोचेजस्तो आर्थिक विकास हुन सक्दैन ।’
देशको उद्योग कलकारखाना स्थापना गरेर स्वदेशभित्रै रोजगारी सिर्जना नगरेसम्म देश आर्थिक रुपमा सम्पन्न हुन नसक्ने उनको तर्क थियो । ‘अहिले देशको मुख्य पुँजीको रुपमा रहेको युवा शक्ति रोजगारीका लागि विदेश पलायन भैराखेका छन् भने उनीहरुले विदेशी भुमिमा रगत पसिना बगाएर पठाएको पैसाले देश चलाउन परेको छ,’ उनले भने, ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो तसर्थ आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि देशभित्रै रोजगारी सिर्जना गर्नु जरुरी छ ।’ यदि कुनै कारणले बैदेशिक रोजगारीमा समस्या आयो भने देशको अर्थतन्त्रनै धराशायी हुने अवस्थामा पुग्ने समेत उनले जानकारी दिए ।
कुनै समय निर्यातको मुख्य बस्तुको रुपमा रहेको नेपाली गलैचा लगायतका बस्तुको अवस्था दयनीय बन्दै गएको भन्दै अवका दिनमा निर्यात वृद्धि गरी विदेशी मुद्रा भित्र्याउन सरकारले विशेष योजना ल्याउनु पर्ने बताएका हुन्। ‘कुनै समय कार्पेट, पस्मिना, गार्मेन्ट उद्योगले देशको भुक्तानी सन्तुलत गर्न ठूलो योगदान दिएको थियो भने सोही अनुरुप रोजगारी पनि सिर्जना भएको थियो,’ उनले भने, ‘त्यस्ता बस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उत्पादनका लागि सरकारले ध्यान नदिनुका साथै निर्यातमा समेत झण्झटिलो प्रक्रिया हुँदा अहिले नगन्य मात्रामा निर्यात हुन थालेको छ ।’
सरकारले निर्यातका सम्भावनाका क्षेत्रको पहिचान गरी त्यस्ता बस्तु उत्पादनका प्रयोग हुने कच्चा पदार्थको भन्सार छुट दिनुका साथै बैंकबाट सहुलियत ब्याजदरमा कर्जा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा उनले आफुले निर्यात, उत्पादनमुलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आवद्ध भएर काम गर्दा बस्तुगत संघहरुको समस्यालाई नजिकसँग बझेको भन्दै उक्त समस्या समाधानका लागि पनि आफुलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरेका छन् । ‘मैले दुई पटक वस्तुगत संघबाटै सदस्यमा चुनाव जितेर यहिँ क्षेत्रका साथिहरुको हकहितका लागि काम गरिसकेको छु,’ उनले भने, ‘ महासंघले जिम्मेवारी दिएका हरेक क्षेत्रमा अब्बल काम गर्दै आएको र अहिलेपनि सरकारसँग मिलेर कसरी यी क्षेत्रलाई माथि उठाउन सकिन्छ भनेर छलफल गरिरहेको छु ।’ यदि आफु उपाध्यक्षमा निर्वाचित भएर गएको अवस्थामा वस्तुगत संघको समस्या बुझरे समाधान गर्न महासंघ बनाउने समेत उनको प्रतिवद्धता थियो ।
यसैगरी देशको अर्थतन्त्र सुधार गर्न कर्मचारी तन्त्रमा इच्छाशक्ति हुनुपर्ने उनले बताए । देशमा समयसापेक्ष सरकारमा राजनीतिक नेतृत्व फेरिरहने भएपनि कर्मचारीतन्त्र भनेको स्थायी सरकार रहेको भन्दै आर्थिक एजेन्डामा कर्मचारीले विशेष ध्यान दिनुपर्ने समेत उनको भनाई थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्