काठमाडौं । भाइरल हुने होडमा हवाई उडानकै बेला टिकटकमा रमाइलो गर्ने हिमालय एयरलाइन्सका तीन जना क्याबिन-क्रु कार्वाहीमा परेका छन् ।
बिहीबार काठमाडौं-दोहाको उडानमा रहेको एच९-५६३ उडान नम्बरको जहाजमा टिकटक भिडियो बनाउने तीन जना क्याबिन-क्रुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्वाही गरको हो । प्राधिकरणका अनुसार जहाज पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको बेलामा एक जना पुरुष र दुई महिला एयरहोस्टेसले टिकटक भिडियो बनाउँदै जहाजभित्रै रमाइलो गरिरहेको थिए ।
तीनै जनालाई ‘इन्फ्लाइट सेफ्टी’ विरुद्धको कसुरमा कार्वाही गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उनीहरुलाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कार्वाही गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्