×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्याजदर एकल अंकमा ल्याउन होटल व्यवसायीको माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ब्याजदर एकल अंकमा ल्याउन होटल व्यवसायीको माग

Artha Sarokar

६ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल संघ (हान)ले कर्जाको ब्याजदर एकल अंकमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर एकल अंकमा ल्याउन माग गरेको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै हानले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको अवस्थामा कर्जाको चर्को ब्याजदरले थप समस्या सिर्जना गरेको बताएको छ । हानले होटल क्षेत्रमा प्रवाह भएको कर्जाको पुर्नसंरचना तथा पुनर्तालिकीकरण गर्न समेत आग्रह गरेको छ ।

अहिले केही होटल सञ्चालनमा रहे पनि चालु खर्च धान्न समेत नसक्ने अवस्था आएको हानको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी