×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इङवा हाइड्रोपावरको आइपीओ बिक्री खुला, वैदेशिक रोजगारीमा रहेकाले पनि आवेदन दिन सक्ने

PRIME CA

इङवा हाइड्रोपावरको आइपीओ बिक्री खुला, वैदेशिक रोजगारीमा रहेकाले पनि आवेदन दिन सक्ने

२१ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । इङवा हाइड्रोपावरले फागुन २१ गते आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बसिन्धा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको हो ।

हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउउँपालिकाको वडा नं २ का स्थानीय बासिन्दाहरुका लागि उक्त सेयर निष्कासन गरेको हो ।

त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख २० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ ।स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । उक्त आइपीओमा नेपाल एसबिआई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: