काठमाडौं । मोदी इनर्जी लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो । जसमा पर्वत जिल्ला अन्तर्गत कुश्मा नगरपालिका -०३ मोदी गाउँपालिका वडा नं.२, ५, ६ र कुश्मा नगरपालिका ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यस्तै, जारी पुँजीको १५ प्रतिशत अर्थात् ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्येको १० प्रतिशत अर्थात् ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
उक्त आइपीओमा स्थानीयले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । साथै, सो सेयरमा दुवै समूहका आवेदकहरुले चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यद्दपी, सम्पूर्ण सेयरमा आवेदन नपरे स्थानीयले भने चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सो आइपीओमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । आयोजना प्रभावितले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंकको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘आइआरएन डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्