काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपिओ बाँडफाँट भएको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि जारी गरेको आइपीओ फागुन २८ गते आइतबार बाँडफाँट गरेको हो ।
लघुवित्तले फागुन ११ गतेदेखि १५ गतेसम्म कुल २ लाख ३ हजार ३ सय ८० कित्ता सर्वसाधारण सेयरमध्ये १० प्रतिशत अर्थात् २० हजार ३ सय ३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको थियो । उक्त आइपिओमा १६ हजार ९ सय ७५ जनाले सेयर हात परेका छन् । जसमध्ये १६ हजार ९ सय ७० जनाले १० कित्ताका दरले र ५ जनाले ११ कित्ताका दरले सेयर हात परेका छन् ।
सो आइपीओका लागि कुल १५ लाख ३८ हजार ४६६ जना आवेदकले आवेदन दिएकामा २ हजार २०३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।
साथै, आत्मनिर्भर लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्