काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको मेन्छियाम हाइड्रोपावरको साधारण सेयर बाँडफाँड भएको छ ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको हो । एनआइसी एशिया क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको उक्त आइपिओ चैत ७ गते (मंगलबार) बाँडफाँट भएको हो ।
उक्त आइपिओमा रितपूर्वक १६ हजार ८०७ जना आवेदकहरूबाट ४ लाख ३७ हजार ९१० कित्ता सेयरका लागि आवेदन प्राप्त भएकोमा गोलाप्रथाको माध्यमबाट १० कित्तादेखि एक हजार कित्ता सेयर माग गर्ने १० हजार ८५१ जना आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले १ लाख ८ हजार ५१० कित्ता सेर बाँडफाँड गरिएको हो ।
कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्याइएको साधारण सेयर फागुन १० गतेदेखि फागुन २५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो ।
कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुबाट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार १ लाख ८ हजार ५१७ कित्ता सेयरको लागि आवेदन खुला गरिएकोमा १८ हजार १०७ जना आवेदकहरूबाट ४ लाख ९९ हजार ७५० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो ।
जसमध्ये एक हजार २९६ जना आवेदकहरूबाट प्राप्त ६१ हजार ६७० कित्ता सेयरको लागि आवेदन रद्द गरे पश्चात बाँकी रहेको १६ हजार ८११ जना आवेदकहरूको ४ लाख ३८ हजार ८० कित्ता सेयरको लागि अन्तिम आवेदन प्राप्त भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्