×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५८औँ आइटेक दिवस मनाइयो, रेलमार्गसँगै नयाँ कोर्ष सुरु गर्ने तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

५८औँ आइटेक दिवस मनाइयो, रेलमार्गसँगै नयाँ कोर्ष सुरु गर्ने तयारी

Artha Sarokar

१२ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । शुक्रबार ‘इण्डिया हाउस परिसर’मा एक विशेष समारोहको आयोजना गर्दै दूतावासले ५८औँ आइटेक दिवस मनाएको हो । दूतावासले आयोजना गरेको उक्त समारोहमा प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका अलम्नाई (भूतपूर्व विद्यार्थी) र भारतका शैक्षिक संस्थामा अध्ययन गरेका प्रमुख पूर्व विद्यार्थी गरी ५०० भन्दा बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले भारतले हासिल गरेको विकास सम्बन्धी अनुभव एवम् विशेषज्ञता नेपाल लगायत १६० भन्दा धेरै देशका दुई लाखभन्दा बढी सरकारी अधिकारी, व्यवसायी तथा उद्यमीहरु माझ पुर्याउन आइटेक कार्यक्रमले स्थापनाकालदेखि नै भूमिका खेल्दै आएको बताए । साथै उनले यो वर्ष नेपालका लागि रेलमार्ग लगायतका विषयमा नयाँ कोर्षको सुरुवात गर्ने विषयमा समेत ध्यानाकर्षण गरेका छन् ।

त्यस्तै, कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे, सहायक रथी पूर्ण बहादुर खत्री, संघीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे र नेपाली सेनाका सेनानी रेश्मा केसी लगायतका आइटेक अलम्नाईहरुले भारतमा रहँदाका दिनहरुको स्मरणसमेत गरेका थिए । सो अवसरमा भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञता संसारभरका १६० भन्दा बढी देशहरुमाझ पुर्याई त्यहाँको मानव संसाधनको विकासमा टेवा पुर्याउन आइटेक कार्यक्रमले उत्प्रेरकको रुपमा काम गर्दै आएको भारतीय राजदूतावासले जनाएको छ । सन् १९६४ बाट सुरु भएको उक्त कार्यक्रमले साझेदार राष्ट्रको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउँदै आएकोसमेत दूतावासको भनाई छ ।

चण्डीगढस्थित Post Graduate Institute of Medical Education and Research मा International Public Health Management Development Program कोर्षका लागि नेपाल मेडिकल एसोसिएसनबाट ४५ जना चिकित्सक, जोधपुरस्थित National Law University मा विशेष कोर्षका लागि महान्यायाधिवक्ताको कार्यालयबाट ३२ जना अधिकारी र India International Institute of Democracy and Election Management मा निवार्चन आयोगबाट २९ जना अधिकारीसहित करिब २०० जना नेपाली सरकारी कर्मचारी, स्वास्थ्य तथा कानून व्यवसायी, निर्वाचन अधिकारी तथा रक्षा अधिकारीले सन् २०२२-२०२३ मा आइटेक कोर्षको तालिम लिएका थिए । यो वर्ष भने नेपाली सहभागीहरुले St. Stephens Young Leaders, Neighborhood- First Fellowship Programme, M.Tech courses in Irrigation, Hydrology and Water Management, Leadership 4.0 Management and Governance in the Emerging World of Disruption, Investigation of Anti-Corruption Cases Including Procurement and Contract Frauds, Dark Web and Crypto Currency आदि कोर्ष सम्बन्धी तालिम लिएको भारतीय राजदूतावासले जनाएको छ ।

पछिल्लो केही दशकदेखि भारत सरकारको आइटेक पहलमा नेपाल एक सक्रिय साझेदारको रुपमा रहँदै आएको छ । पछिल्लो १५ वर्षमा मात्रै नेपालका २००० भन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको भारतीय राजदूतावासले जनाएको छ । भारतको प्रयासको एक हिस्साको रुपमा रहेका यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संसाधन विकासमा सहयोग मात्र नपुर्याई यस्ता अनुभवबाट पाठ सिक्दै यस क्षेत्रको समग्र सामाजिक/आर्थिक विकासमा योगदान पुर्याएको दूतावासले बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी