Skip to content
LAXMI SUNRISE BANK

जनउत्थान सामुदायिक लघुवित्तको चैत २६ गते साधारणसभा हुने, यस्ता छन् पेश गरिने प्रस्तावहरु

अर्थ सरोकार

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारणसभा हुने भएको छ । लघुवित्तको साधारणसभा चैत २६ गते होटल न्यु ईरा बुटवलमा बिहान ११ बजेबाट सुरु हुने भएको छ ।

लघुवित्तको शनिबार बसेको संचालक समितिको बैठकले १२औं साधारणसभा बस्ने निर्णय गरेको हो । सभामा गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ ।

सभा प्रयोजनका लागि चैत १० गते बुक क्लोज हुनेछ । तसर्थ, चैत ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्ने लघुवित्तले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK