×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इमानका उपाध्यक्ष तिवारीले पाए इन्जा अनुसन्धानवृत्ति पुरस्कार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इमानका उपाध्यक्ष तिवारीले पाए इन्जा अनुसन्धानवृत्ति पुरस्कार

Artha Sarokar

१७ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)का उपाध्यक्ष माधव प्रसाद तिवारी इन्जा वौद्धिक अनुसन्धानवृत्ति पुरस्कारबाट सम्मानित भएका छन् । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारबाट यसवर्ष तिवारी सम्मानित भएका हुन् ।

स्वर्गीय शुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कारबाट इन्जाले पत्रकारिता तथा आम सञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट दर्शनार्चाय-विद्यावारिधी (एमफिल-पिएचडी) गर्दै गरेका माधवप्रसाद तिवारीलाई सम्मान गरेको हो । तिवारीलाई बुधबार आयोजित विशेष समारोहकाबीच सभामुख देबराज घिमिरेले पुरस्कार हस्तान्तरण गरेका छन् ।

बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने तिवारीले २०५७ सालबाट पत्रकारिता शुरु गरेका थिए । भित्ते पत्रिकाबाट पत्रकारिता शुरु गरेका तिवारीले रुपरेखा साप्ताहिक, माउन्टेन टीभी, अनलाइनखबर डटकम, ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको प्रधानसम्पादकको रुपमा कार्यरत छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी