×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याज पीडित काठमाडौंसम्म पैदलयात्रामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याज पीडित काठमाडौंसम्म पैदलयात्रामा

Artha Sarokar

५ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मधेस प्रदेशका मिटरब्याज पीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौंको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याज पीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौंका लागि पैदलयात्रामा निस्केका हुन् ।

मिटरब्याजविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा सरकारलाई घचघच्याउन मधेस प्रदेशका मिटरब्याजपीडित काठमाडौँका लागि पैदलयात्रामा निस्केका छन् । पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन सुरु गरेका मिटरब्याज पीडित सरकारलाई आफ्ना गुनासा र समस्या सुनाउन भन्दै काठमाडौँसम्मको पैदलयात्रामा निस्केको महोत्तरीका मिटरब्याजपीडित मनोज पासवानले जानकारी दिएका हुन् ।

उनका अनुसार मिटरब्याजी साहु महाजनले मधेस प्रदेशका आर्थिक अवस्था कमजोर रहेका धेरै मानिसलाई दुःख दिएका र त्यसबाट मुक्ति पाउनका लागि अभियान सुरु गरिएको हो । सर्लाहीबाट सङ्घर्ष समिति गठन गरेर करिब चार वर्ष पहिलादेखि सुरु भएको मिटरब्याज पीडितको आन्दोलन अहिले मधेस प्रदेशका साथै देशभरका धेरै स्थानमा सुरु भइसकेको छ ।

स्थानीयस्तरबाट आन्दोलन गर्दा आफ्ना माग नसुनेका कारण पैदलै गएर सरकारलाई आफ्ना समस्या सुनाउन काठमाडौंका लागि पैदलयात्रामा निस्केका मिटरब्याज पीडित पासवानले बताएका हुन् ।

सप्तरीदेखि पर्सासम्मका मिटरब्याज पीडित एक भएर पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन जारी राखेका र अहिले पैदलै हिँडेर काठमाडौं पुगी सरकारलाई आफ्ना समस्या सुनाउने भन्दै सिरहाकी मिटरब्याजी पीडित ममतादेवी रायले बताएकी हुन् ।

पीडित रमेश बुढाथोकीका अनुसार यसअघि काठमाडौंमा समेत आन्दोलन भएका र सरकाले मिटरब्याजी पीडितको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको भए पनि अहिलेसम्म सरकारले कुनै प्रकारका ठोस नीति नल्याएका कारण मिटब्याजी पीडित थप मारमा परेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी