काठमाडौँ । सरकारी निर्णयको ठाडो अवज्ञा गर्दै निजी डेरीहरुले दुधको मूल्यमा मनोमानी बढोत्तरी गरेका छन् । शुक्रबारको मूल्य हेर्दा देशभरका निजी डेरीहरुले लिटरमै १४ रुपैयाँ बढाएर दुध बेचिरहेका छन् । सरकारले किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेको थियो। नयाँ मूल्य अनुसार अव प्रशोधित दुध लिटरकै १०० रुपैयाँ पुगेको छ । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालका अनुसार दुधको उपभोक्ता मूल्य शुक्रबारदेखि देशभर लागू हुनेछ भने दुग्ध पदार्थको बढेको भाऊसहितको मूल्य आइतबारदेखि कार्यान्वयनमा आउने छ ।
दुधको मात्र होइन, दहि, पनिर र घ्युको मूल्य पनि बढ्यो
यसो त निजी डेरीहरुले दुधको मूल्य मात्र होइन, अन्य दुग्धजन्य पद्धार्थको पनि भाउ बढाएका छन् । डेरीहरुले घ्युमा प्रति लिटर २०० बढाएका छन् भने पनिरको मूल्य पनि किलोमै १४० रुपैयाँ बढाइएको छ । बढेको मूल्यसूची अनुसार अव दहि एक लिटरको १९० रुपैयाँ पुगेको छ भने पनिरको मूल्य प्रतिकेजी ८४० रुपैयाँ पुगेको छ । अव नेपालका निजी डेरीहरुमा घ्युको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ पुगेको छ ।
निजी क्षेत्रले भाउ बढाएपछि दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य बढाउने भएको छ । संस्थानले दुधको मूल्यवृद्धिका लागि मन्त्रालयमा पत्राचार गर्ने अन्तिम तयारी भएको र अर्को हप्तादेखि दुध तथा दुग्धजन्य पद्धार्थको भाउ बढ्ने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्