×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टीपर्पस फाइनान्सले ३५% हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मल्टीपर्पस फाइनान्सले ३५% हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Artha Sarokar

५ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले ३५ प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १:०.३५ अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले हकप्रद सेयर निष्काशनमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । फाइनान्सले साविकका सेयरधनीहरुमा हकप्रद साधारण सेयर निष्काशन गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

उक्त सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी