×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकको ब्याजदर विरुद्ध दुर्गा प्रसाईं नेतृत्वले गरेको आन्दोलनमा व्यवसायी संगठनहरुको समर्थन छैन’ – कटुवाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘बैंकको ब्याजदर विरुद्ध दुर्गा प्रसाईं नेतृत्वले गरेको आन्दोलनमा व्यवसायी संगठनहरुको समर्थन छैन’ – कटुवाल

Artha Sarokar

२४ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकको ब्याजदर विरुद्ध संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले दुर्गा प्रसाईले नेतृत्व गरेको आन्दोलन र व्यवसायी संगठनहरुले गरेको आन्दोलन फरक भएको बताएका छन् । बुधवार एक विज्ञप्ति जारी गर्दै कटुवालले पछिल्लो समय प्रसाईंले नेतृत्व गरेको आन्दोलन र नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायी महासंघ र ५० वटा संघ संस्थाहरुले संयुक्त रुपमा गरेको आन्दोलन फरक रहेको जानकारी दिएका हुन् ।

दुर्गा प्रसाईले गरेको आन्दोलनमा उठाएका केही माग मिल्न गएकाले एउटै आन्दोलन भन्न नमिल्ने कटुवालको भनाई छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा गरिएको आन्दोलन बैंकको ऋण नतिर्न र बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्नको लागि गरिएको आन्लोलन नभएको समेत कटुवालले स्पष्ट पारेका छन् । ‘व्यवसायीहरुले बैंकको ब्याजदर एकल बिन्दुमा कायम गर्नुपर्ने र तत्काल तिर्नु पर्ने किस्ताको समय थप गर्न माग गर्दै आन्दोलन गरेका छन्’, उनले भने, ‘हाम्रो आन्दोलन बैंकको ब्याज र ऋण तिर्न सक्दैनौँ वा तिर्दैनौँ भनेर गरिएको होइन ।’

त्यस्तै, कटुवालले नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा गरिएको आन्दोलनलाई प्रसाईंको आन्दोलनसँग जोडेर नहेर्नसमेत सरकारलाई आग्रह गरेका छन् । प्रसाईको आन्दोलनमा व्यवसायी महासंघहरुको कुनै पनि संग्लनता र समर्थन नभएको समेत कटुवालले दाबी गरेका छन् । व्यवसायी महासंघहरुले बैकिङ प्रणाली विरुद्धमा आन्दोलन नगरेको बताउँदै कटुवालले वास्तविक समस्यामा परेका व्यवसायीहरुले उठाएका जोहज माग सम्बोधन गर्न पहल नभएकोप्रति दुखेसो समेत पोखेका छन् ।

बैंकको उच्च ब्याजदर एक बिन्दुमा ल्याउनुपर्ने माग र धितो लिलामी गर्न नपाउने तथा पत्रपत्रिकामा फोटो राख्न नपाउने माग राख्दै सडक आन्दोलनमा रहेका व्यवसायीहरुलाई सरकारले वास्ता नगरेको कटुवालको आरोप छ । नेपालका राजनीतिक दलले समेत पहुँचमा रहेका एक हात व्यवसायीहरुलाई मात्रै छलफल गर्ने गरेको उल्लेख गर्दै कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीलाई राज्यले हेर्ने नजर नै फरक रहेको समेत बताएका छन् ।

पछिल्लो समय बैंकहरुले आफु खुशी मनलाग्दी ब्याजदर बढाएर उद्योगी व्यवसायीहरुलाई मर्कामा पारेको, धितो लिलामीको सूचना निकालेर हैरान पारेको र व्यवसायीलाई कालो सूचिमा राखेर मानमर्दन भइरहँदा पनि राज्यबाट यथोचित पहल नभएको गुनासो गर्दै उनले माग सम्बोधन नभए आन्दोलन थप चर्काउने समेत चेतावनी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी