काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चैत्र १२ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम भव्यता पूर्वक सम्पन्न भएको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको उक्त कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गरी नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले गरेका थिए । उक्त कार्यक्रममा विशेष कारणबस देश बाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गर्दै यस किसिमको कार्यक्रमले उनीहरुको सिकाईमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए । यसले उनीहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने कुरा जाहेर गरे ।
इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ एकदमै आकर्षक र प्रतिस्पर्धि रहनुका साथसाथै सम्पूर्ण सरोकारवालाहरुको हितमा रहेकाले यसको अधिकतम लाभ उठाउन समेत प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आग्रह गरेका थिए ।
उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित थिए । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्