×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया लघुवित्तले माग्यो विभिन्न ४० पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले कर्णाली प्रदेश अन्तर्गतका कार्यालयहरुमा ४० पदका लागि कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ठ अधिकृत/अधिकृत/बरिष्ठ अधिकृत (अनुगमन तथा सुपरिवेक्षण विभाग), सुपरभाइजर/बरिष्ठ सहायक (शाखा प्रमुख), सहायक, कनिष्ठ सहायक पदका लागि ४० जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नागरिकहरुले चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रारम्भिक रुपमा छनौट सुचिमा परेका प्रर्तिस्पर्धिहरुलाई अन्तर्वार्ताको माध्यमबाट छनौट गरिने लघुवित्तले जनाएको छ । आवेदकहरुले आवेदनमा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई राम्रोसँग चिन्ने दुई जना व्यक्ति (Reference Person) को नाम/सम्पर्क नम्बर, ईमेल ठेगाना उल्लेख गरिएको Bio Data सलंग्न गर्नु पर्नेछ ।

त्यस्तै, आवेदन दिनको लागि एनआइसी एशिया बैंकको वेबसाईट http://www.nicasialaghubitta.com/careers बाट आवेदन दिन सकिने छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: