काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालू खाता २९ अर्ब ६४ करोडले घाटामा देखिएको छ । आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’अनुसार गत आवको तुलनामा चालू आर्थिक वर्षको चालू खाता घाटामा देखिएको हो ।
आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा चालू खाता चार खर्ब ११ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो । यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । माघ मसान्तसम्ममा शोधनान्तर स्थिति रु एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।
त्यस्तै, राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपालले एक अर्ब चार करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी भित्राएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले रु. १६ अर्ब २९ करोडबराबर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्