×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक

PRIME CA

१५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक

२९ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले फागुन ३० गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः चैत २८ गते, २०८० जेठ ३० गते र २०८० फागुन २९ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: