काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको चैत ६ गते साधारणसभा हुने भएको छ । हाइड्रोपावरको साधारणसभा कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ ।
कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।
सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालकसहित दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गरिसकेको छ । फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्