×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य !

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ मूल्य सुची नेपाल आयल निगमलाई पठाएको छ ।

आईओसीले पठाएको नयाँ मूल्य सुचीअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेर आएको निगमले जनाएको छ । यस्तै, खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ रहेको छ ।

अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ ।

भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: