×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

Artha Sarokar

१३ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान भएका छन् । अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले पाँच हजार रुपैयाँ धरौटी तिरेर रिहा हुन आदेश दिए पनि धरौटी नतिरेपछि उनीहरुलाई जेल चलान गरिएको हो ।

गत मंगलबार उनीहरुले प्रधानमन्त्री प्रचण्ड सहभागी एक कार्यक्रममा ‘मूल्यवृद्धि खारेज गर’, ‘बैंकको ब्याज मिनाह गर’ भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । नाराबाजीकै क्रममा प्रहरीले उनीहरुको मुख थुनेर पक्राउ गरी अभद्र व्यवहारको मुद्धा चलाइएको थियो ।

पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा रहेका छन् । प्रहरीसँगको बयानमा उनीहरुले आफूहरु नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियान्ता भएको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी