×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

अर्थमन्त्रीमा नेपाली कांग्रेसका डा. महत आउने निश्चितप्राय, सेयर बजारमा कस्तो असर पर्ला ?

BIZBAZAR

काठमाडौं । नेपाली कांग्रेसले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने निर्णय गरेको छ । सरकार गठनको तिव्र तयारीमा रहेको सत्ता गठबन्धनमा अर्थ मन्त्रालय नेपाली कांग्रेसले पाउने भएसँगै अथमन्त्री महत हुने निश्चितप्राय भएको हो ।

गृह मन्त्रालय माओवादी केन्द्रले लिने भएसँगै अर्थमन्त्रालय नेपाली कांग्रेसको भागमा परेको कांग्रेसका एक नेताले बताएका छन् । उनका अनुसार नेपाली कांग्रेसले अर्थमन्त्रीका लागि प्रकाशशरण महतलाई पठाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार चैत्र १५ गते (बुधबार) नै अर्थमन्त्रीका रुपमा डा. महतले सपथ लिने तयारी भइरहेको छ । ८ मन्त्रालयसहित नेपाली कांग्रेस सरकारमा जाने भएको हो ।

डा. महतले अमेरिकामा अर्थशास्त्र विद्यावारिधी गरिसकेका छन् । अर्थतन्त्रबारे राम्रो ज्ञान राखेका महत अर्थमन्त्री भएसँगै मुलुकको आर्थिक अवस्था र सेयरबजारमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal