×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्र सुधार्न राजनीतिक स्थिरता चाहिन्छ: प्रदेश प्रमुख गुरुङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अर्थतन्त्र सुधार्न राजनीतिक स्थिरता चाहिन्छ: प्रदेश प्रमुख गुरुङ

Artha Sarokar

७ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।

पोखरामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले राजनीतिक अस्थिरता भइरहे आर्थिक क्षेत्रले फड्को मार्न नसक्ने उल्लेख गरेका छन् ।

प्रदेश प्रमुख गुरुङले देशी–विदेशी लगानीकर्तालाई आकर्षित गर्न राज्यले उचित नीति र वातावरण तयार गर्नुपर्ने धारणा राखेका छन् । ‘देशमा राजनीतिक स्थायित्व भए ढुक्क भएर लगानी गर्ने वातावरण बन्छ, अर्थतन्त्र पनि उकासिन्छ ।’, उनले भने, ‘उद्योग, व्यवसायको प्रवद्र्धनमा राजनीतिक नेतृत्व र राज्य संयन्त्र सहयोगी बन्नुपर्छ ।’

देशमै रोजगार सिर्जना र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको समेत प्रदेश प्रमुख गुरुङले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी