×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपतिको निर्वाचन सकियो, माहोल हेर्दा पौडेलकै जित पक्का !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रपतिको निर्वाचन सकियो, माहोल हेर्दा पौडेलकै जित पक्का !

Artha Sarokar

२५ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपतिका लागि मतदान सकिएको छ । निर्वाचनको मतगणना भने ४ बजेपछि सुरु हुने भएको छ ।

मतदातपछिको माहोल हेर्दा राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी हुने सम्भावना प्रबल देखिएको छ । यद्यपी मतगणना भने ४ बजेपछिमात्रै सुरु हुनेछ ।

राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धी बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्नेसमेत निर्णय गरेको छ । मतगणनाका क्रममा उम्मेदवारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाएको भए मत सदर हुनेछ भने त्यस बाहेकका मत संकेत प्रयोग भएकोमा बद हुने निर्णयसमेत बैठकले गरेको छ ।

रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी