काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको चैत १० गते वार्षिक साधारणसभा हुने भएको छ । सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले २७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७८-७९ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक २०७९-८० का लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा राखिएको छ । साधारणसभाका लागि कम्पनीले चैत १ गते बुक क्लोज गर्ने भएको छ भने फागुन ३० गतेसम्म कायम लगानीकर्ताले लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्