×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ कम्पनीले काम गर्न नसकेपछि रुरु हाइड्रो ‘टेकओभर’ गर्ने रुरुको निर्णय, ‘बर्षौंसम्म लाइसेन्स होल्ड, हातमा लाग्यो सून्य’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चिनियाँ कम्पनीले काम गर्न नसकेपछि रुरु हाइड्रो ‘टेकओभर’ गर्ने रुरुको निर्णय, ‘बर्षौंसम्म लाइसेन्स होल्ड, हातमा लाग्यो सून्य’

Artha Sarokar

८ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रुरु जलविद्युत आयोजनाले चिनियाँ कम्पनीलाई दिएको ठेक्का रद्ध गरेर २३५ मेगावाट को हुम्ला कर्णाली-१ र ३३५ मेगावाटको हुम्ला कर्णाली-२ जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने भएको छ ।  चिनियाँ कम्पनीले काम गर्न नसकेपछि सो आयोजनाको संचालक समितिले चिनियाँ कम्पनीसँग ठेक्का तोडेको हो । ठेक्का तोडेर कम्पनीले हुम्ला कर्णाली-१ र हुम्ला कर्णाली-२ जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने निर्णय गरेको छ । हुम्ला कर्णाली-१ र हुम्ला कर्णाली-२ जलविद्युत आयोजनाको सर्वे लाइसेन्स २०७४ चैत २९ गते चिनियाँ कम्पनीले पाएको थियो ।
चिनियाँ कम्पनीले नेपालका विभिन्न जलविद्युत आयोजनाको लाइसेन्स लिने तर काम नै नगरी हात झिक्ने गरेको पाइएको अवस्थामा रुरुको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ‘सुरुमा लाइसेन्स लिन हानथाप गर्ने, तर पछि अनेक बहानामा सो आयोजनामा लगानी गर्न नसकिने भन्दै हात झिक्ने क्रमलाई चिनियाँ कम्पनीले ‘बानी’जस्तै रहेछ । हाम्रो काम लिएको कम्पनीले पनि अहिले सो आयोजना अघि नबढ्ने बताएपछि हामीले सो आयोजनालाई टेकओभर गर्ने निर्णय गरेका हौँ ।’ रुरुका एक संचालकले अर्थ सरोकारसँग भने- ‘नेपालको चीनसँग पूर्वाधार सम्झौता छैन भने विद्युत व्यापार सम्झौता पनि छैन । चिनियाँ कम्पनीलाई लाइसेन्स दिनु नै गलत भएछ ।’
उनका अनुसार बर्षौंसम्म लाइसेन्स होल्ड गर्ने चिनियाँ कम्पनीले परिणाम भने दिने गरेका छैनन् । ‘बर्षौंसम्म लाइसेन्स होल्ड, हातमा लाग्यो सून्यजस्तै हुने गरेको छ । जुन काम गरेरै सक्छौँ भन्नेका लागि दुखद् विषय हो ।’
यो आयोजनाको पूर्ववत ठेक्का चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जीले लिएको थियो । तर सो कम्पनीले योजना अघि बधाउन नसक्ने भएको भन्दै बोर्डले निर्णय नै गरेर सो ठेक्का टेकओभर गरी थप अध्ययन अघि बढाउने निर्णय गरेको हो ।
चिनियाँ कम्पनीले किन र के कारणले सो आयोजना अघि नबढाएको भन्ने विषयमा यकिन केहि नबोले पनि अहिलेको परिस्थितिमा लगानी गर्न नसक्ने भन्दै हात झिकेको पाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी