काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको चैत १० गते साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा सभा, त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि सुरु हुने भएको छ ।
सभामा कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा निर्वाचन गर्ने प्रस्ताव हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसेको छ । फागुन २५ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्