×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० वर्षदेखि एउटै अस्पतालमा छन् यी कर्मचारी, दुर्गममा सरुवा भएपछि सरुवा रोक्न ‘लविङ’, ठाउँ नछोड्न अनेक बाहना !

PRIME CA

१० वर्षदेखि एउटै अस्पतालमा छन् यी कर्मचारी, दुर्गममा सरुवा भएपछि सरुवा रोक्न ‘लविङ’, ठाउँ नछोड्न अनेक बाहना !

१६ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले कर्मचारीको सरुवा गरेपछि सुदूरपश्चिममा सरकारी सेवाका कर्मचारीहरु सरुवा रोक्ने कसरतमा जुटेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीको सरुवा गरेपछि यतिबेला कर्मचारीहरु मन्त्री, नेता र उच्च तहका पदाधिकारीसमक्ष हारगुहार गरिरहेका छन् ।

यसैबीच प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका डाक्टर खगेन्द्र बम पनि सरुवा रोक्ने कसरतमा जुटेको चर्चा सुरु भएको छ । मन्त्रालयले डाक्टर बमको बझाङमा सरुवा गरेपछि उनी सरुवा रोक्ने तयारीमा लागेको स्रोतको दाबी छ । ‘मन्त्रालयले उहाँको सरुवा गरेको पत्र फागुन २८ गते पठाएको छ । उहाँको सरुवा बझाङमा भएको छ ।’, स्रोतले भन्यो, ‘तर, उहाँ सरुवा भएर जाने मनसायमा देखिनुहुन्न । सकेसम्म प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमै बस्ने गरी लविङ सुरु गर्नुभएको छ ।’

यता सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका निमित्त सचिव गणेश सिंहले पनि बमको सरुवा भएको पुष्ठी गरेका छन् । मन्त्रिपरिषद्को निर्णयबाटै बमको बझाङ सरुवा भएको सिंहले बताएका छन् । ‘उहाँको बझाङमा सरुवा भएको हो । तर, रमाना लिनुभएको छैन । रमाना लिन भने बाँकी छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै सिंहले भने, ‘उहाँसँगै सरुवा भएकाहरुले रमाना लिईसक्नुभएको छ । उहाँको चाहिँ रमाना लिन बाँकी छ ।’

यस विषयमा हामीले प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका डा.खगेन्द्र बमसँग पनि बुझ्ने प्रयास गर्यौं । तर, अर्थ सरोकारसँगको कुराकानीका क्रममा उनले सरुवा नमान्ने आशयको अभिव्यक्ति दिएका छन् । सरुवा भए पनि प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा चिकित्सकको दरबन्दी खाली भएकै कारण आफू त्यहाँ बसिरहेको डा बमले अर्थ सरोकारसँग बताएका छन् ।

‘यहाँ चिकित्सकको दरबन्दी खाली नै छ । म चिकित्सालय सुरु हुँदादेखि नै यही छु । अहिले यहाँ बिरामी पनि धेरै छन्, डाक्टरहरु कम छन्, त्यसैले अहिलेका लागि यही बसेको हुँ ।’, उनले भने, ‘अझै हामीलाई ५–७ जना चिकित्सकको खाँचो छ । उल्टै चिकित्सक चाहिएका बेला सरुवा भयो, त्यसैले अहिलेका लागि यही छु, रमाना लिएको छैन ।’

तर, केही समयपछि पुनः अर्थ सरोकारलाई फोन गरेका उनको तर्क भने फरक थियो । ‘सरुवा भएको हो तर केही समय अझै बाँकी छ ।’, उनले भने, ‘मन्त्रालयले जाउ भनेपछि जानु नै पर्छ, नजाने भन्ने होइन । तर, त्यसको केही अवधि र पक्रिया हुन्छ । प्रक्रिया पूरा भएपछि र अवधि पुगेपछि जान्छु ।’ तर, उनले दिएको फरक-फरक अभिव्यक्तिले उनी जसरी हुन्छ, सरुवा रोक्ने तयारीमा लागेको स्पष्ट देखिएको छ ।

डाक्टर बम करिब १० वर्षदेखि प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा कार्यरत छन् । स्रोतले दिएको जानकारी अनुसार उनी धनगढीस्थित केजि अस्पतालका सेयरहोल्डरसमेत हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: