काठमाडौं । गुल्मीदेखि स्कुटर चोरेर बुटवल पुर्याउने दुई जना पक्राउ परेका छन् । गुल्मीको इष्मा गाउँपालिका १ घर भई रेसुंगा नगरपालिका २ बस्ने सीता खत्रीको नाममा रहेको स्कुटर चोरी गरी बुटवल पुर्याउने दुई जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मदाने गाउँपालिका ६ का १८ वर्षीय हरि नेपाली र रेसुंगा नगरपालिका ८ का २१ वर्षीय विजय नेपाली रहेका छन् । उनीहरुले गुल्मीदेखि खत्रीको नाममा रहेको लु ५० प ९२०२ नम्बरको स्कुटर चोरी गरी बुटवल पुर्याएको प्रहरीले जनाएको छ ।
उनीहरुले गत बिहीबार रेसुंगा नगरपालिका २, धागिथुममा घरअगाडि राखेको अवस्थामा स्कुटर चोरी गरेका थिए । स्कुटर चोरी भएको भन्ने पीडितको उजुरीको आधारमा खोज्दै जाँदा बुटवल बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रक्राउ परेका दुवैजनाविरुद्ध चोरी मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्