Skip to content
LAXMI SUNRISE BANK

आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र…

अर्थ सरोकार

काठमाडौं । छोराको परीक्षा शुल्क बुझाउन आमाले तिलहरी धितो राखेको विषय यतिबेला चर्चामा छ । कोहलपुर २ गौरीनगरकी कस्तुरा बुढाले आफ्नो छोरा पृथ्वीबहादुरको माध्यामिक शिक्षा परीक्षा (एसईई) शुल्क बुझाउन तिलहरी धितो राखेकी हुन् ।

परीक्षा दिने दिन आउँदासम्म पनि शुल्क नबुझाएको भन्दै कोहलपुरको तिलकपुरस्थित समावेशी माध्यामिक विद्यालयले प्रवेश पत्र नदिएपछि कस्तुराले आफ्नो गलामा रहेको तिलहरी धितो राखेकी हुन् । छोराको पढाईभन्दा आफ्नो तिलहरी ठूलो नभएको बताउने कस्तुराले तिलहरी धितोमा राखेर छोराको प्रवेश पत्र लिएको बताइन् ।

‘आर्थिक अवस्था साह्रै कमजोर हुँदा छोराको स्कुलको शुल्क तिर्न सकिन । शुल्क नतिरेपछि परीक्षा नै दिन नपाउने भएपछि तिलहरी धितो राखेकी हुँ ।’, उनले भनिन्, ‘पैसा जुटाउन धेरै कोसिस गर्दा पनि उपाय नगालेपछि यस्तो गरेकी हुँ ।’

यसो त कस्तुराले छोराको स्कुलको शुल्क तिर्न घरमा पालेको खसी बेच्नेसमेत सोच बनाएकी थिइन् । तर, गाउँमा मान्छे मरेकोले खसी नबिकेपछि तिलहरी नै धितो राख्नुपरेको उनको भनाई छ ।

कस्तुराका दुई छोरा छन् । उनीहरु दुवैजना समावेशी माध्यामिक विद्यालयमा अध्ययन गरिरहेका छन् । सुन पसलमा पाँच हजार रुपैयाँमा तिलहरी धितो राखेर विद्यालयको शुल्क बुझाएपछि उनका छोरा पृथ्वीबहादुर परीक्षामा सहभागी भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK