×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार २४.६८ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब १६ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार २४.६८ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब १६ करोडमाथिको कारोबार

Artha Sarokar

२९ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार पनि सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २४.६८ अंकले घटेर १९५१.२१ बिन्दुमा पुगेको हो । नेप्सेमा सोमबार कुल २५६ कम्पनीको ३३ लाख ६९ हजार १ सय ३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको हो । सोमबार सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड २४ लाख ५६ हजार ७ सय ४५ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै सोमबारको सेयर बजारमा शुभम् पावर लिमिटेडमा लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा युनिक नेपाल लघुवित्त वित्तिय संस्था, ग्रिन भेन्चर लिमिटेड, स्वेत-गंगा हाइड्रोपावर, १०% प्राइम डेबेञ्चर २०८८ र मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड २४ लाख ५६ हजार ७ सय ४५ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिष्ट्रिलरी, नबिल बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । खप्तड लघुवित्तमा यस्तो गिरावट आउँदा आदर्श लघुवित्त वित्तिय संस्था, हिमालयन बैंक लिमिटेड, नादेप लघुवित्त वित्तिय संस्था र विन नेपाल लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी