×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दक्षिण कोरियाको मुद्रा सञ्चितिमा ४ महिनापछि गिरावट

काठमाडौं । दक्षिण कोरियाको मुद्रा सञ्चितिमा गिरावट आएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा पछिल्लो चार महिनायता गिरावट आएको हो ।

फेबु्रअरीको अन्त्यसम्ममा दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति ४.६८ अर्ब डलरले घटेर ४२५.२९ अर्ब अमेरिकी डलरमा झरेको बैंक अफ कोरियाले जनाएको छ । विदेशी मुद्रा सञ्चितिमा गिरावट आएसँगै बलियो डलरले गैर-डलर सम्पत्तिहरुको रुपान्तरण मूल्यसमेत घटाएको छ ।

देशको विदेशी सञ्चितिमा ३७४ अर्ब ४९ करोड डलर धितोपत्र, २६ अर्ब ७५ करोड निक्षेप, १४ अर्ब ८० करोड डलर विशेष निकासी अधिकार, ४ अर्ब ७९ करोड डलर सुन र ४ अर्ब ४४ करोड डलर आईएमएफ (अन्तरराष्ट्रिय मुद्रा कोष) रहेको छ । जनवरीको अन्त्यमा दक्षिण कोरिया विश्वको नवौं ठूलो विदेशी मुद्राको भण्डार भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: