×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण तिर्न नसकेर अर्का व्यवसायीले गरे प्राणत्याग !

PRIME CA

ऋण तिर्न नसकेर अर्का व्यवसायीले गरे प्राणत्याग !

१७ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रामेछापका एक व्यवसायीले काठमाडौँमा आत्महत्या गरेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानी घर भई हाल काठमाडौँमा व्यवसाय गर्दै आएका व्यवसायी दीपक पौडेलले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

पौडेल लामो समय व्यापार व्यवसायमा संलग्न रहेको र बैंकको किस्ता तिर्न नसकेकोसमेत कारण आर्थिक व्यवहार बिग्रिएपछि उनले प्राण त्याग गरेको भन्ने जानकारी आएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको भनाई छ ।

अन्दाजी ५० वर्षीय पौडेलले व्यवसाय सञ्चालनका लागि भन्दै रकम ऋण लिएका थिए । आर्थिक मन्दी र चर्को ब्याजदरका कारण ऋण तिर्न नसकेपछि उनी केहि समयदेखि पीडामा थिए । पारिवारिक स्रोतका अनुसार उनले पछिल्ला केही दिनदेखि घरमा पनि ऋणको भार एकदमै बढी भएको र आफुले अब थेग्न नसक्ने बताउँदै आएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: