काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको चैत ४ गते वार्षिक साधारण सभा हुने भएको छ । सभा, दुर्गा पार्टी प्यालेस, इटहरी-४, सनुसरीमा बिहान साढे ९ बजेबाट सुरु हुने भएको हो ।
सभामा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७ प्रतिशत नगद लाभांश गरी कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ ।
साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि संस्थाले फागुन २१ गते बुक क्लोज गरिसकेको छ । फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्