काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाली बीमा कम्पनीहरुले पनि विदेशमा शाखा खोल्न पाउनुपर्ने बताएका छन् । बीमा नियमावली, २०७९ को मस्यौदाका विषयमा शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यो नियमावलीमा नेपाली बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषय समेट्नुपर्ने बताएका हुन् ।
अध्यक्ष सिलवालले नेपाली बीमा कम्पनीहरुलाई विदेशमा शाखा कार्यालय विस्तार गर्न कुनै कन्जुस्याईं गर्न नहुने बताएका छन् । ‘धेरै नेपालीहरु कार्यरत रहेका विदेशी मुलुकमा नेपाली बीमा कम्पनीहरुले शाखा खोल्न सक्छन्’, उनले भने, ‘अब विदेशी बीमा सर्भेयरलाई पपिन समेट्ने गरी नियमावलीमा व्यवस्था गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा नियमावलीलाई थप फराकिलो र विस्तृत बनाउन अवस्यक रहेको सुझाव दिएका छन् । ‘नियमावलीलाई अलि बृहत र फराकिलो बताउनुपर्छ । यसका लागि नियमावलीमा सबै विषयम समेट्नुपर्छ । बिमक, बीमा मध्यस्तकर्ता र बिमितका सम्बन्धमा पनि नियमावलीमा थप व्यवस्था गर्नुपर्छ ।’, उनले भने, ‘पछिल्लो समय बीमा कम्पनीहरुको पूँजी पनि बढ्दै गएको छ, यसलाई पनि हेर्नुपर्छ ।’
त्यस्तै, अध्यक्ष सिलवालले बीमा नियमावली, २०७९ निर्माणको अन्तिम चरणमा रहेकोले बिमा कम्पनी, पुनर्बीमा कम्पनी, बिमा सर्भेयर, बिमा अभिकर्तालगायत सरोकारवालाबाट प्राप्त सुझावहरू समेतका आधारमा बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सरकारलाई बुझाइने तयारी रहेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्