काठमाडौं । स्वाभिमान लघुवित्तको चैत ११ गते वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा संचालक समितिका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको अध्यक्षतामा रुपन्देहीमा सम्पन्न भएको हो ।
सभामा संचालक समितिका अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनलाई सभाले पारित गरेका छ । साथै, साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम वित्तिय संस्थाको चुक्त्ता पुँजी १२ करोड १७ लाख ८२ हजार १ सय ५० रुपैयाँको २१.०५२६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
त्यस्तै, सर्वसाधारण तर्फबाट प्रतिनिधित्व हुने गरी रिक्त संचालक पदमा अभिषेक श्रेष्ठलाई मनोनयन गरेको संचालक समितिको निर्णयलाई सभाले अनुमोदन गरेको छ । संस्थाको बाह्य लेखापरिक्षकको रुपमा आर्थिक वर्ष २०७९/८० को लागि प्रमोद पन्थी एण्ड एसोसिएटलाई नियूक्त गर्ने प्रस्ताव समेत पारित भएको छ ।