×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस छोडे, उपचुनाव लडेर सांसद बन्ने ‘असीम चाहना’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस छोडे, उपचुनाव लडेर सांसद बन्ने ‘असीम चाहना’

Artha Sarokar

१६ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । बिहीबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई पत्र लेख्दै उनले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा उपनिर्वाचनका लागि टिकट दिएसँगै वाग्लेले कांग्रेस छाडेका हुन् । टिकटको लोभमा पार्टी छोडेपछि कांग्रेसका कार्यकर्ताले उनलाई चरम अवसरवादी भएको आरोप लगाउन थालेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीका शुभचिन्तकहरुले भने स्वर्णिम आउने खबरले आफुहरुलाई उत्साहित बनाएको टिप्पणी गरिरहेका छन् ।

पार्टी छोडेको आधिकारिक घोषणा गर्दै वाग्लेले आफू नेपाली कांग्रेसमा बस्न सक्ने स्थिति नै नभएको बताएका छन् । त्यस्तै, उनले आफ्नो उमेर, ज्ञान र उर्जा रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेको बताएका छन् ।

‘हजुरहरुको अपार सद्भावका बावजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा/आरजु गिरोहको निरन्तर हेपाई र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ । काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’- वाग्लेले कांग्रेस नेता कोइरालाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी