×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भूकम्पपछि टर्कीः घर र आफन्त गुमेपछि सयौँ परिवार सडकमा, महंगी बढ्दै, आर्थिक संकटले नेटो काट्यो (फोटो-कथा)

काठमाडौं । टर्की-सिरियामा गएको शक्तिशाली भूकम्पको असर अर्थतन्त्रमा देखिन थालेको छ । भुकम्पकै कारण पछिल्लो समय टर्कीमा आर्थिक संकटले नेटो काट्ने अवस्था आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आर्थिक संकटको बाछिट्टा पर्न थालेसँगै टर्कीमा महंगी दर पनि करिब ६० प्रतिशत रहेको छ ।

भूकम्पमा परी टर्की-सिरियामा हजारौँको संख्यामा नागरिकको मृत्यु भएको छ भने सयौँ बेपत्ता छन् । भूकम्पमा परी हजारौँ भवनहरु पूर्ण रुपमा ध्वस्त हुँदा सयौँ नागरिकको बास सडकमा भएको छ । भूकम्पले टर्की र सिरियाका केही क्षेत्रमा धेरै असर गर्दा १ बिलियन डलरको क्षति भएको छ । भूकम्पले भौतिक संरचनामा ठूलो क्षति गर्दा टर्की-सिरियामा घरभाडा पनि दोब्बरले बढेको छ ।

घरभाडासँगै टर्कीमा महंगीले पनि नेटो काटेको छ । दैनिक उपभोग्य सामाग्रीमा दोब्बर–तेब्बर मूल्य वृद्धि भएको छ भने अन्य सामाग्रीहरुको मूल्यमा पनि महंगी निरन्तर बढ्दो छ । यही अवस्था रहने हो भने २०१८ मा आर्थिक मन्दीको सामना गरेको टर्कीले छिट्टै ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने पक्का देखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: