×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारसँग मिटरब्याज पीडितको वार्ता भंग, पीडित भन्छन्- ‘सरकारले हाम्रो माग सुनेन’

PRIME CA
GLOBAL IME BANK

सरकारसँग मिटरब्याज पीडितको वार्ता भंग, पीडित भन्छन्- ‘सरकारले हाम्रो माग सुनेन’

३० चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ ।

बिहीवार गृह मन्त्रालयमा भएको वार्तामा सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकोले वार्ताको औचित्य सकिएको समितिको भनाई छ । अन्तिम एवं निर्णायक भनिएको वार्तामा सहमति नजुटेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आजैदेखि आन्दोलनलाई निरन्तरता दिएको छ ।

५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले माग सम्बोधनका लागि कुनै पनि तदारुकता नदेखाएकाले वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिएका छन् । ‘राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता गर्यौं तर उहाँहरु हाम्रा ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन ।’, उनले भने, ‘आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौँ ।’

संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको उनीहरुको आरोप रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: