×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयोगका उपाध्यक्ष श्रेष्ठ र एडिबीका कन्ट्री हेडबीच भेटवार्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आयोगका उपाध्यक्ष श्रेष्ठ र एडिबीका कन्ट्री हेडबीच भेटवार्ता

Artha Sarokar

११ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र एशियाली विकास बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नौड कौकोइसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा सोमबार एडिबी प्रतिनिधि र आयोग उपाध्यक्षबीच शिष्टाचार भेटवार्ता भएको हो ।

शिष्टाचार भेटवार्तामा आयोग र एडीबीबीच सहकार्यका विषयमा छलफल भएको थियो । छलफलमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा एडिबीले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा समेत सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरेका छन् ।

भेटमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो । उपाध्यक्ष डा. श्रेष्ठले नेपालमा उत्पादन मूलक र रोजगारी सिर्जना हुने परियोजनाहरुमा लगानी आवश्यक रहेको बताए । उनले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने भन्दै त्यस्ता परियोजनाहरुमा लगानी गर्न एडिबीसँग अनुरोध गरे ।

एडीबीका कन्ट्री हेड कौकोइसले हालै एडिबीले नेपालमा गरेको लगानीको पोर्टफोलियो रिभ्यू भएको जानकारी दिदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनाहरुमा लगानी गर्न एडिबी तयार रहेको बताए । एडीबीले लगानी गरेका नेपालका विकास परियोजनाहरुको पोर्टफोलियो सुधारिएको समेत बताए ।

भेटवार्तामा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठ र सचिव केवल प्रसाद भण्डारी थिए भने एडीबीका तर्फबाट कन्ट्री डाइरेक्टर अर्नौड कौकोइस, प्रमुख अर्थशास्त्री जान हानसेन, वरिष्ठ कार्यक्रम अधिकृत अञ्जन पाण्डे र कार्यक्रम विश्लेषक श्रीजना राजभण्डारी सहभागी थिए ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी